
जाकार्ता, जेठ २७ । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२ म्याग्निच्यूडको भूकम्प गएको छ ।
यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको मौसमविज्ञान र भूगर्भ निकायका अधिकारीहरुले जानकारी दिएका छन् ।
सो भूकम्प जाकार्ता समयाअनुसार बिहीबार बिहान ११ः१३ बजे गएको जनाइएको छ ।
यस भूकम्पको केन्द्रबिन्दू क्लुंगकुंग सहरबाट ३०८ किलोमिटर दक्षिणपश्चिमीमा समुद्री सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूगर्भ निकायका एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् ।
इन्डोनेसिया ‘अग्नी चक्र’भित्रपर्ने देश भएको हुनाले यहाँ बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्