८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि क्लिन्टन मनोनित


0
Shares

काठमाडौं, जेठ २६ । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन मनोनित भएकी छिन् ।

क्लिन्टनकोे मनोनयनलाई आधिकारिक रुपमा आगामी महिना आयोजना हुने पार्टीको सम्मेलनले अनुमोदन गर्नेछ ।

सिनेटर बर्नी स्यान्डर्सलाई पछि पार्दै हिलारी डेमोक्रेटिक पार्टीबाट उम्मेद्वार बन्ने निश्चित भएको हो । अमेरिकी इतिहासमा हिलारी कुनै ठूलो पार्टीबाट उम्मेद्वार बन्ने पहिलो महिला हुनेछिन् ।

अब क्लिन्टनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकन पार्टीका संभावित उम्मेद्वार अर्वपति डोनाल्ड ट्रम्पसंग प्रतिस्पर्धा गर्नेछिन् ।

यसैबीच क्लिन्टनले आफूलाई सहयोग गर्ने सम्पूर्ण अमेरिकी महिला लगायत अन्य समर्थकहरुलाई धन्यबाद दिएकी छिन् ।

आफू राष्ट्रपतिको उम्मेद्वारका लागि मनोनित भएपछि न्युयोर्कमा आयोजना गरिएको सम्मेलनलाई सम्बोधन गर्दै क्लिन्टनले अमेरिकी राष्ट्रपति पदका लागि आफूले कोशेढुंगा पार गरेको बताएकी छिन् ।

साथै उनले आगामी चुनावमा आफनो जीत निश्चित भएको दाबी गर्दै सबैसंग सहयोगको अपील समेत गरिन् । (एजेन्सी)