८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


इजिप्सीयन बिमानमा बम रहेको हल्ला, आपतकालीन अवतरण गरियो


0
Shares

काठमाडौं, जेठ २६ । इजिप्टबाट चीनका लागि उडान भरेको इजिप्सीयन एअरलाइन्सको बिमानमा बम रहेको हल्ला फैलिएपछी उज्वेकिस्तानमा आपतकालीन अवतरण गरिएको छ ।

इजिप्टको कायरोबाट चीनको बेइजिङका लागि उडान भरेको बिमानमा अज्ञात ब्यक्तिले फोन गरी बिमानमा बम रहेको बताएपछि उज्वेकिस्तानमा आपतकालीन अवतरण गराई चेकजाँच गरिएको हो ।

बिमानमा १७ जना चालक दलका सदस्यसहित ११८ जनजा यात्रु रहेको बुझिएको छ । बिमान चेकजाँचका कारण उज्वेकिस्तानको उर्जेन्च बिमानस्थलबाट उडान भर्ने अन्य विमान सेवा पनि प्रभावित बनेको छ । (एजेन्सी)