
केरल, जेठ २६ । भारतको केरलमा एउटा कलेजका छात्रालाई जिन्स पाइन्ट लगाउन रोक लगाइएको छ । त्यसलगत्तै केही युवतीले लुंगी लगाएको तस्वीर सोशल मिडियामा भाइरल भएको छ ।
भारतीय संचारमाध्यमका अनुसार छात्राहरुलाई एउटा कलेजको प्रशासनले जिन्स पाइन्ट लगाउन प्रतिबन्ध लगाएपछि विरोध स्वरुप लुंगी लगाएको तस्वीर सार्वजनिक गरिएको हो । यद्यपि उक्त तस्वीर सो कलेजका छात्राको नभएको बताइएको छ ।
भनिन्छ, सन् २०१५ मै सार्वजनिक तस्वीर यतिबेला भाइरल भएको हो । तस्वीरमा देखिएका युवतीहरु साउथ इन्डियन नायक महेश बाबुका फ्यान रहेको बताइन्छ ।
सन् २०१५ मै एक तेलगु वेभसाइटमा प्रकाशित समाचार अनुसार अमेरिकामा केही युवतीले महेशबाबुको चलचित्र ‘श्रीमानठुडू’ को क्रेजमै लुंगी लगाएका हुन् ।
केही सेलिब्रेटीले समेत उक्त तस्वीरलाई ‘महिला अधिकारको पक्षमा’ भन्दै सेयर गरेपछि अचानक भाइरल भएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्