
अपडेटः
काठमाडौं, जेठ २६ । कोपा अमेरिका फुटबल प्रतियोगितामा बुधबारदेखि दोस्रो चरणका खेलहरु सुरु भएका छन् ।
दोस्रो चरणअन्तर्गत समूह ‘ए’को खेलमा आयोजक अमेरिकाले कोस्टारिकामाथि ४–० को शानदार जित दर्ता गरेको छ ।
खेलको मध्यान्तरसम्म ३–० को अग्रता लिएको अमेरिकाले दोस्रो हाफमा एक गोल थपेको हो ।
अमेरिकाका लागि क्लिन्ट डेम्पसे, जेमाइन जोन्स र बबी उडले मध्यान्तरअघि एक–एक गोल गरे ।
दोस्रो हाफमा ग्राहम जुसीले एक गोल थपेपछि अमेरिका ४–० ले विजयी भएको हो ।
जितसँगै अमेरिकाले प्रतियोगिताको क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित राखेको छ ।
प्रतिक्रिया दिनुहोस्