२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


संगीतकार गुरुङको निधनले स्तब्ध : प्रधानमन्त्री


0
Shares

काठमाडौं, जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांगीतिक आकाशका उज्ज्वल तारा अम्बर गुरुङको निधनले आफूलाई स्तब्ध तुल्याएको जनाएका छन् ।

गुरुङको निधनप्रति गहिरो दुःख र श्रद्धाञ्जलि व्यक्त गर्दै उनले शोकको घडीमा उनका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

स्वर्गीय अम्बर गुरुङले पश्चिमा शास्त्रीयसंगीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीयसंगीत र लोकभाकामा मिलाएर संगीत सिर्जनालाई नयाँ आयाम दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले सामूहिक बाजा प्रयोगमार्फत् नेपाली सुगम–संगीतलाई स्तरीय र समृद्ध बनाउन उनले गरेको योगदान नेपाली संगीतको क्षेत्रमा मानककारुपमा स्थापित भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्–‘गुरुङ नेपालको सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराकारुपमा चम्किरहनुहुनेछ । आफ्ना सिर्जनाबाट स्वर्गीय गुरुङले नेपाल र नेपालीलाई लगाउनुभएको गुण मुलुकले सदा स्मरण गरिरहने छ ।’ रासस