
काठमाडौं, जेठ २५ । वरिष्ठ संगीतकार अम्बर गुरुङलाई सरकारले राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘नेपाली गीत–संगीतको क्षेत्रमा वरिष्ठ संगीतकार अम्बर गुरुङले पुर्याएको योगदानलाई उच्च मूल्यांकन गर्दै नेपाल सरकारको निर्णयअनुसार उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिने छ ।’
मन्त्रालयले उनको निधनले अपूरणीय क्षति पुगेको जनाउँदै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्