८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अमेरिकी राष्ट्रपति चुनावका लागि हिलारीको उम्मेद्वारी लगभग पक्का


0
Shares

काठमाडौं, जेठ २५ । अमेरिकी राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडमा रहेकी हिलारी क्लिन्टनले आवश्यक प्रतिनिधि संख्या पूरा गरेकी छिन् ।

डेमोक्र्याटिकको तर्फबाट उम्मेदवार बन्न चाहिने २३ सय ८३ प्रतिनिधिको समर्थन क्लिन्टनले पाइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

डेमोक्रेटिकको तर्फबाट क्लिन्टनसँगै बर्नी सान्ड्रेस उम्मेदवारीको होडमा छन् । तर, क्लिन्टनले आवश्यक मत पूरा गरेपछि डेमोक्र्याटिकका तर्फबाट उनी नै उम्मेदवार बन्ने लगभग पक्का भएको बताइएको छ ।

क्लिन्टन कुनै पनि प्रमुख अमेरिकी पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो महिला हुनेछिन् ।

क्लिन्टनले उम्मेदवार बन्नका लागि चाहिने प्रतिनिधि संख्या पूरा गरिसकेको बताइए पनि अर्का दाबेदार सान्ड्रसले भने क्लिन्टनले उम्मेदवारीको दौड जितिनसकेको बताएको एपीले जनाएको छ ।

जितका लागि सुपर डेलिगेट्सको मत महत्वपूर्ण हुने र त्यसको जुलाईको पार्टी अधिवेशनपछि मात्रै मतदान हुने उनको भनाइ छ । (एजेन्सी)