१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अर्जेन्टिनाले चिलीसँग लियो हारको बदला, पानामा पनि विजयी


0
Shares

काठमाडौं, जेठ २५ । कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान भएका खेलमा अर्जेन्टिना र पानामा विजयी भएका छन् ।

समुह डि अन्तर्गतको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो । मध्यान्तरसम्म गोलरहीत बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल गर्‍यो ।
खेलमा अर्जेन्टिनाका लागि एन्जल डि मारिया र एभर बानेगाले १–१ गोल गरेका हुन् । चिलीका होजे फन्दालिजाले अतिरिक्त समयमा एक गोल गरे ।

जितसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको गत संस्करणमा चिलीसँग भोगेको हारको बदला लिएको छ । गत संस्करणको फाइनलमा अर्जेन्टिनालाई हराउँदै चिलीले उपाधि जितेको थियो ।

यसअघि आजै भएको यही समुहको अर्को खेलमा पानामाले बोलिभियालाई २–१ ले पराजित गरेको छ ।

खेलको ११ औं मिनेटमै ब्लास पेरेजले एक गोल गर्दै पानामालाई अग्रता दिएका छन् । ५४ औं मिनेटमा बोलिभियाका हुँवा कार्लोस आक्रेले एक गोल फर्काउँदै खेललाई बराबरीमा पुर्‍याए । तर ८७ औं मिनेटमा ब्लास पेरेजले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो पटक कोपा अमेरिका खेलिरहेको पानामालाई विजयी गराए ।

जितसँगै पानामाले कठिन समुह डी बाट ३ अंक जोडेको छ ।