२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


जब अम्बरको गीतसँग भारत तर्सियो..


0
Shares

काठमाडौं, जेठ २५ ।  सन् १९५० मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लखा तारा उदाए’ मा स्वर संगीत दिए अम्बर गुरुङले ।

उनको संगीत श्रोतालाई अत्याधिक मन पर्‍यो । क्यासेटमा निस्किएको उनको गीत उ बेलै एक सातामा ५ सय बढी बिक्री भयो ।

श्रोताले अत्याधिक रुचाएको सो गीत भारत सरकारलाइ मन परेन् । गीतते भारतविरोधी भाव बोकेको भन्दै अल इन्डिया रेडियोले उनको गीत व्यान्ड गर्‍यो । सन् १९४७ मा स्वतन्त्र भएको भारतमा राजनीतिक अस्थिरता कामयै थियो ।

स्वतन्त्रताको तीन वर्षपछि नेपालीले गाएको गीतबाट भारत किन झस्कियो रु औपचारिक उत्तर कसैबाट आएको छैन । त्यसपछि तत्कालीन राजा महेन्द्रले गुरुङलाई नेपाल बोलाए ।

ग्रान्डी अस्पतालको सघन उपचार कक्षमा उपचाररत गुरुङ आजसम्म नेपाल र नेपाली मनमुटुसँग जोडिएकै छन् । अस्पतालमा मृत्युसँग जुधिरहेका गुरुङको स्वास्थ्य अवस्था बारे सोमबार अनेक अड्कलबाजी र गलत हल्ला चलिरहे । अस्थिर स्वास्थ्य अवस्थामा पुगेका गुरुङलाई भेट्न दुई दिनयता कलाकारदेखि राजनीतिज्ञ हुँदै सर्वसाधारण नेपाली अस्पतालमा पुगेका थिए ।

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालमा त पुग्न सकेनन् । गुरुङलाई नजिकबाट चिन्नेमध्ये जोशी भन्छन्, ‘हो उहाँको गीतलाई भारतविरोधी भन्दै अल इन्डिया रेडियोले बन्द गरेको थियो ।

साहित्यकार गणेश रसिक पनि उनको गीत अल इन्डिया रेडियोले व्यान्ड गरेको बताउँछन् । तर, उनले प्रवासमा रहेर पनि नेपाली संगीतको विकासका लागि काम गरेको भूल्नु नहुने बताए । प्रवासमा बसेर पनि उनले नेपाली संगीतकै लागि काम गरेको जोशीको अनुभव छ ।
ध्रुव लम्साल, राजधानी दैनिकबाट