८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


दुई किलो अफिमसहित तीनजना ‘नामुद कारोबारी’ समातिए


0
Shares

प्रकाश लम्साल (इमेज)
बारा, जेठ २४ । बाराको सिमरास्थित इलाका प्रहरी कार्यालयले दुई किलो अवैध लागूऔषध अफिमसहित तीनजनालाई पक्राउ गरेको छ ।

बाराको जीतपुरबाट आइतबार समातिएकाहरुलाई सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिनेमा मकवानपुर डाँडाखर्क–३ का धीरेन्द्र स्याङतान, पर्सा सखुवाका धर्मराज राउत र मकवानपुर मनहरी ज्यामिरे–७ का रामशरण गिरी छन् ।

प्रहरीको गस्ती टोलीले शंकास्पद अवस्थामा रहेकाहरुलाई खानतलासी गर्नेक्रममा अफिमसहित पक्राउ गरेकोे हो ।

पक्राउ परेकाहरु विगत लामो समयदेखि अफिमलगायतका लागूऔषधका ‘नामुद कारोबारी’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

एक वर्षयता सिमरा प्रहरीले लागूऔषध चरेस, अफिम, गाजा, खैरो हिरोइनलगायतका ४५ ओटा मुद्दामा ६२ जना पुरुष र तीनजना महिला पक्राउ गरी कारबाही गरिसकेको जनाइएको छ ।