८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अफगानिस्तानमा विद्रोहीको एम्बुसमा परी पत्रकारको मृत्यु


0
Shares

काठमाडौं, जेठ २४ । अफगानिस्तानको हेलमण्ड प्रान्तमा भएको आक्रमणमा एक जना अमेरिकी फोटो पत्रकारको मृत्यु भएको छ ।

अमेरिकाको नेसनल पब्लिक रेडियोले दक्षिण अफगानिस्तानमा विद्रोहीले थापेको एम्बुसमा परेर फोटो पत्रकार डेविड गिलके र उनका अनुवादक जबीउल्लाह तमन्नाको मृत्यु भएको जनाएको छ ।

उनीहरु सेनासँगै त्यहाँ पुगेका थिए । उनीहरु चढेको गाडिमा विद्रोहीले गोलाबारी गरेको र त्यसपछि आगलागी भएको बताइएको छ । आक्रमणमा गाडि चालक अफगानिस्तानी सेनाको समेत मृत्यु भएको छ । (एजेन्सी)