८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


महिला हत्याको आरोपमा एकै परिवारका ६ जना विरुद्ध उजुरी


0
Shares

कञ्चनपुर, जेठ २४ । कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी २३ बर्षीया रामदुलारी रानाको हत्या गरेको भन्दै एकै परिवारका ६ जना बिरुद्धमा किटानी जाहेरी दिइएको छ ।

जेठ १८ देखि हराएकी रानाको जेष्ठ २२ गते शव चम्फापुर क्षेत्रको नाला छेउमा सडेको अवस्थामा फेला परेको थियो ।

मृतक रानाको श्रीमान विदेशमा रहेको र छिमेकी प्रकाश मल्ल वीच नाजायज प्रेम सम्बन्ध रहेको र १७ गते साँझ प्रकाश रानाको घरमा समेत गएर रानासंगै बिहे गर्ने बताएको राना परिवारले जनाएको छ ।

यसै घटनाको आधारमा परिवारले किटानी जाहेरी दिएको बताएका छन । रानाको हत्यानै भएको र दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै महिला अधिकारकर्मीले माग गर्दै प्रहरी कार्यालय अगाडि प्रर्दशन समेत गरेको छन् ।

किटानीको आधारमा प्रहरीले अनुसन्धानको लागि दुईजनालाई पक्राउ गरेपनि सार्बजनिक गर्न नमिल्ने जनाएको छ । दोषी देखिए कानुन बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक केदार खनाले बताए ।