८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


श्रीलंकामा सेनाको विस्फोटक पदार्थको भण्डारमा भीषण आगलागी


0
Shares

काठमाडौं, जेठ २४ । श्रीलंकाली सेनाको एक क्याम्प रहेको विस्फोटक पदार्थको भण्डारमा भीषण आगलागी भएको छ ।

विस्फोटक पदार्थको गोदाममा भएको आगलागीका कारण धेरै विस्फोट भएका छन् । राजधानी कोलम्बोनजिक सलावामा रहेको क्याम्पमा आगलागी भएको हो ।

विस्फोटपछि क्याम्प नजिकका बासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको छ । विस्फोटका कारण कम्तिमा एक सैनिकको मृत्यु भएको छ भने अन्य दुई सैनिक घाइते भएको बताइएको छ । प्रहरीले भने तीन जना घाइते भएको र उनीहरुको उपचार भइरहेको जनाएको छ ।

विस्फोटक पदार्थ राखिएका दुई वटा गोदामसम्म आगो फैलिएकाले नियन्त्रणमा लिन समस्या भएको श्रीलंकाका कानुन व्यवस्था मन्त्री सागला रत्नायकेले बताएका छन् ।

सेनाको हतियार तथा गोला बारुदको भण्डार सलावामा भएको आगलागी तथा विस्फोटको घटनाको छानबिनको जिम्मा प्रहरीको सिआईडीलाई दिइएको छ । (एजेन्सी)