१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


फ्रेन्च ओपनको उपाधि जोकोभिचलाई


0
Shares

पेरिस, जेठ २४ । सर्बियाका नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिस अन्तर्गत पुरुष एकलतर्फको उपाधि हासिल गरेका छन् । जोकोभिचले फ्रेन्च ओपनको उपाधि हात पारेको यो पहिलो पटक हो ।

फ्रान्सको पेरिस्थित रोलाँ ग्यारोमा भएको फाइनलमा ब्रिटिश खेलाडी एण्डी मर्रेलाई ३–१ को सेटमा हराउँदै जोकोभिचले करियरमा १२ औं ग्रान्ड स्लाम टेनिसको उपाधि जितेका हुन् ।

मर्रेविरुद्धको पहिलो सेट ३–६ ले हारेका जोकोभिचले यसपछि लगातार तीन सेट ६–१, ६–२ र ६–४ ले जित्दै उपाधि सुरक्षित गरे । जितसँगै जोकोभिचले करियरमा सबै चारवटा ग्राण्डस्लाम जित्ने कीर्तिमान समेत बनाएका छन् । आधुनिक टेनिसमा सबै ग्रान्ड स्लाम जित्ने जोकोभिच आठौं खेलाडी हुन् ।

यसैगरी जोकोभिचले लगातार चारवटा ग्रान्ड स्लाम जित्ने कीर्तिमानसमेत बनाएका छन् । यो वर्ष फ्रेन्च ओपनभन्दा अगाडि अष्ट्रेलियन ओपन जितेका जोकोभिचले अघिल्लो वर्षका अन्तिम दुई ग्रान्ड स्लाम विम्बल्डन र युएस ओपन पनि जितेका थिए ।