७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एउटा नम्बर प्लेटका लागि ५० लाख डलर !


0
Shares

युएई, जेठ २३ । संयुक्त अरब इमिरेट्स (युएई)का एकजना धनाढ्य ब्यापारीले कारको नम्बर प्लेटका लागि लाखौं डलर तिरेका छन् ।

व्यावसायी आरिफ अहमद अल जरौनीले आफ्नो रोजाइको नम्बर प्लेटका लागि लगभग ५० लाख डलर तिरेका हुन् ।

लिलामी गर्ने कार्यालयले सोचेको भन्दा यो रकम २० गुणा भन्दा बढी हो ।

जरौनीले आफ्नो महत्वाकांक्षा सधैं नम्बर एकमा पुग्ने भएकाले कारको नम्बर प्लेटका लागि पनि यति ठूलो रकम तिरेको बताएका छन् । उनले ‘१’ नम्बर अंकित नम्बर प्लेटकै लागि यत्रो रकम तिरेका हुन् ।
यसअघि सन् २००८ मा नम्बर १ रहेको कारको प्लेट १ करोड ५० लाखको हाराहारीमा लिलाम भएको थियो ।

लिलामीमा १२, २२, ५०, १००, ३३३, ७७७, १०००, २०१६, २०२० र ९९९९९ नम्बर पनि अधिक खोजी भईरहेका नम्बर थिए ।

लिलामीबाट १ करोड ३६ लाख डलर जम्मा भएको छ । (एजेन्सी)