७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बेरोजगारलाई मासिक न्यूनतम आयका लागि स्वीट्जरल्याण्डमा जनमत संग्रह


0
Shares

स्वीट्जरल्याण्ड, जेठ २३ । स्वीट्जरल्याण्डमा प्रत्येक नागरिकको मासिक न्यूनतम आय निश्चित गर्ने विषयमा गराइएको जनमत संग्रहमा न्यूनतम आय सुनिश्चित गर्ने प्रावधान अस्वीकृत भएको छ ।

आइतबार भएको जनमत संग्रहमा मतदाताले न्यूनतम आय सुनिश्चित गर्ने प्रावधानलाई अस्वीकार गरेको जनाइएको छ ।

यो विषयमा विश्वका कुनै पनि मुलुकमा अहिलेसम्म मतदान भएको छैन ।

जनमत संग्रहले प्रत्येक वयस्कलाई उसले काम गरे वा नगरे पनि विना शर्त मासिक २५०० स्वीस फ्र्यांक अर्थात २ लाख ७० हजार रुपैयाँ दिने प्रस्ताव गरिएको थियो ।

यो तर्कसँग सहमत हुनेहरुले २१ औं शताब्दीमा काममा मेसिनको अत्यधिक प्रयोग भईसकेको भन्दै मानिसका लागि निकै थोरैमात्र काम बचेको बताएका छन् ।

मतदानमा पहिलेदेखि काम गरिरहेका वा २ लाख ७० हजारभन्दा धेरै आय भएकाहरुलाई भने सहभागी गराइएको थिएन ।

मतदान अघिका सर्वेक्षणहरुले एक चौथाई स्वीस नागरिकहरु मात्र यस विचारसँग सहमत रहेको देखाएका थिए । तर विरोधमा रहेकाहरुले भने खुला समाज र स्वीट्जरल्याण्ड जस्तो उच्च जीवनस्तर भएको देशमा यस्तो योजना सम्भव नभएको तर्क गरेका छन् ।

जनमत संग्रहमा प्रस्तावको विरोधमा मतदान गर्नेहरु सत्तारुढ दलका कार्यकर्तासमेत रहेको जनाइएको छ । उनीहरुले यस्तो प्रावधानले सरकारी लागत बढ्ने र अर्थतन्त्र कमजोर हुने तर्क गरेका थिए । (एजेन्सी)