२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


‘सम्झनामा फत्तेमान’ विमोचन


0
Shares

काठमाडौं, जेठ २३ । वरिष्ठ गायक एवं संगीतकार फत्तेमान राजभण्डारीको स्मृतिमा ‘सम्झनामा फत्तेमान’ ग्रन्थ निकालिएको छ ।

आज राजधानीमा आयोजित कार्यक्रममा विमोचन गरिएको यस ग्रन्थमा गायक फत्तेमानसँग जोडिएका विभिन्न व्यक्तिहरुका संस्मरणका साथै फत्तेमानको बारेमा विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशित सामग्रीहरु समेटिएको छ ।

वासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीले सम्पादन गरेको पुस्तकमा प्रेमध्वज प्रधान, प्रकाश सायमी, नरोत्तम बैद्यलगायतका ६९ वटा लेख तथा अन्तर्वाता रहेका छन् ।