१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नेपाली लनटेनिस टोली बैंकक प्रस्थान


0
Shares

काठमाडौं, जेठ २३ । आईटीएफ/एटीएफ डेभलोप्मेन्ट क्याम्पमा सहभागी हुन ८ खेलाडीसहित ९ सदस्यीय नेपाली लनटेनिस टोली आइतबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।

जुन ५ देखि १८ तारिखसम्म सञ्चालन हुने क्याम्पको पुरुषमा संरक्षक भूषण बज्राचार्य, प्रणव खनाल, अभिनव आचार्य र सौरभराज पाण्डेले भाग लिने छन् ।

महिलामा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा, खुशी पाण्डे र प्रेरणा कोइराला सहभागी हुनेछन् । प्रशिक्षकमा सन्तोष खत्री छन् ।

क्याम्पपछि बैंककमै हुने आईटीएफ यु–१८ विश्व जुनियर र्‍याकिङ टेनिस प्रतियोगितामा पनि केहि खेलाडीले भाग लिने छन् । मायांका र माहिका तथा संरक्षकले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अखिल नेपाल लनटेनिस संघले जनाएको छ । प्रतियोगिता जुन २० देखि २५ तारिखसम्म हुने छ ।

टोलीलाई लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य ज्ञानेन्द्र खनालले एक कार्यक्रमबीच आइतबारै अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।