१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पहिलो उपाधि सशस्त्र प्रहरीलाई


0
Shares

खोटाङ, जेठ २३ । खोटाङमा सम्पन्न ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को पहिलो उपाधि सशस्त्र प्रहरीले जितेको छ ।

माटिकोरे खेलमैदानमा नेपाल सितोरियो कराते संघ खोटाङले आयोजना गरेको प्रतियोगीतामा ७ स्वर्ण र २ रजतसहित सशस्त्र पहिलो भएको हो ।

४ स्वर्ण, २ रजत र ३ कास्यसहित त्रिभुवन आर्मी क्लव दोश्रो भएको छ भने ३ स्वर्ण र ११ कास्यसहित भुटान तेश्रो भएको छ । १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि प्रतिस्पर्धा गराइएको थियो ।

बिहिबार देखि सुरु भएको खेल शनिबार सकिएको हो । तीन वर्षभन्दा बढी समयको तयारीपछि गरिएको प्रतियोगीतामा भारत, भुटान, नेपाली सेना, सशस्त्र प्रहरी, पाँच विकास क्षेत्र, विश्वबिद्यालय, गोजोरियो र आयोजकसहित १२ टिमले प्रतिष्पर्धा गरेको आयोजक नेपाल सितोरियो कराते संघका अध्यक्ष सञ्जयकुमार राईले बताए ।