१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पिस पोइन्ट तेक्वान्दो कपको उपाधि पिस पोइन्टकै पोल्टामा


0
Shares

ललितपुर, जेठ २३ । ललितपुर अन्तर विद्यालय प्रथम पिस पोइन्ट तेक्वान्दो कपको उपाधि पिस पोइन्ट स्कुलले जितेको छ ।

एक दिने प्रतियोगितामा बिभिन्न महिला पुरुष गरी कुल १२ ओटा स्वर्ण पदकका लागी  जिल्लाका १० विद्यालयका ९० खेलाडीहरुलेले प्रतिस्पर्धा गरेका थिए ।

५ स्वर्ण ३ कास्य पदक जित्दै आयोजक पिस पोइन्ट स्कुलले उपाधि हात पारेको हो । त्यस्तै ४ स्वर्ण ३ कास्य पदक जित्दै स्टार स्कुल दोस्रो भएको छ ।

ललित स्कुलले २ स्वर्ण १ कास्य र ओनेम्स स्कुलले १ स्वर्ण पदक जितेका छन । तेक्वान्दो खेलको विकासका लागि विद्यालय स्तरबाटै पहल गर्ने र आगामि दिनमा उपत्यकाब्यापी हुँदै राष्टिय प्रतियोगिता गर्ने आयोजक विद्यालयका प्रधानअध्यापक शम्भुप्रसाद अधिकारीले बताए ।