१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले निर्विरोध चयन


0
Shares

काठमाडौं, जेठ २२ । नेपाल बक्सिङको चौंथो महाधिवेशनले राम अवालेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा यसअघिकै उपाध्यक्षद्धय अर्जुनबहादुर केसी र भोजराज सिटौलालाई चयन गर्‍यो ।

त्यस्तै, महासचिवमा सविन भट्टचार्य, सचिवमा दिनेश सिंह र कोषाध्यक्षमा गौतम सुजखु निर्वाचित भए ।

८ सदस्यमा दीलिपाश्री अधिकारी, प्रनिर अधिकारी, रमेश अधिकारी, राजभाई मुनकर्मी, भेष खड्गी, देवेन्द्र लिम्बू र बुद्ध गवाजु र रामबहादुर गिरी निर्विरोध निवार्चित भए ।

त्यस्तै, निर्वाचित कार्यसमितिको पहिलो बैठकले नरेन्द्र लिम्बू, किरण श्रेष्ठ र संगम शाहलाई उपाध्यक्षमा मनोनित गरेको छ ।

त्यस्तै, बैठकले ८ जनालाई सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेमा लक्ष्मण कार्की, दुर्गा गहतराज , वासुदेव दाहाल, श्याम अवाले, दीपक महर्जन, शोभाजंग केसी, पुष्कर पन्त र ओमलनारायण श्रेष्ठ रहेका छन् ।

योसँगै बक्सिङ संघको नयाँ कार्यसमिति २४ सदस्यीय भएको छ । साधारणसभामा ४ केन्द्रीय कमिटिका २५ र ४ विकास क्षेत्र, ३० जिल्लाका ३४ प्रतिनिधि सहभागी थिए ।

निवर्तमान महासचिव दीपक गुरुङसहितका पदाधिकारीले चुनाव रोक्न राष्ट्रिय खेलकुद परिषदलाई आग्रह गरे पनि असन्तुष्टहरुसमेत साधारणसभामा सहभागी भएसँगै विवाद साम्य भएको छ ।