१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


लेखनाथ रंगशालाको उद्घाटन, ४५ रोपनी क्षेत्रफलमा प्यारापिटसहितको फुटबल मैदान


0
Shares

पोखरा, जेठ २२ । कास्कीको लेखनाथ नगरपालिका भन्डारढिकमा निर्माण भएको लेखनाथ रंगशालाको शनिबार उद्घाटन गरिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले रंगशालाको उद्घाटन गरेका हुन् ।

त्यसक्रममा उनले स्वस्थ्य नागरिक, मर्यादित समाज र समृद्ध राष्ट्र निर्माणमा खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान हुने बताए ।

कतारको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी संस्था, लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ र आदर्श युवा क्लबको करिब ८० लाख रुपैयाँको सहयोगमा रंगशालाको निमार्ण गरिएको हो ।

लेखनाथ नगरपालिकाको स्वामित्वमा रहेको ४५ रोपनी क्षेत्रफल जग्गामा व्यवस्थित प्यारापिटसहितको फुटबल मैदान बनाइएको हो ।