
काठमाडौं, जेठ २२ । नेपाली क्रिकेट खेलाडीहरुको संस्था क्रिकेट खेलाडी संघ नेपालको नेतृत्व पूर्वराष्ट्रिय टिमका कप्तान पवनकुमार अग्रवालले सम्हालेका छन् ।
संघको शनिबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो साधारणसभाले पवनलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
त्यस्तै, उपाध्यक्षद्धयमा विनोदकुमार दास र सीता रानामगर तथा महासचिवमा राष्ट्रिय टिमका कप्तान पारस खड्का सर्वसम्मत् भएका छन् ।
११ सदस्यीय कार्यसमिति नै सर्वसम्मत् भएको संघको सचिवमा अनिलकुमार मण्डल तथा कोषाध्यक्षमा पृथु बास्कोटा चुनिएका छन् ।
त्यस्तै, सदस्यहरुमा राजु बस्नेत, शक्तिप्रसाद गौचन, ज्ञानेन्द्र मल्ल, नीरा राजोपाध्याय र विनोद भण्डारी चुनिएका छन् ।
संघ गत भदौमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्