१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नेपालको सबैभन्दा पुरानो फुटबल टिम आरसीटीको आफ्नै संग्रहालय (हेर्नोस् १० तस्वीर)


0
Shares

काठमाडौं, जेठ २२ । नेपालको सबैभन्दा पुरानो फुटबल टिम अन्नपूर्ण क्लब आरसीटीले आफ्नै संग्रहालय खोलेको छ ।

कुनैपनि नेपाली क्लबको आफ्नै संग्रहालय भएको यो पहिलोपटक हो ।

वि.सं. १९८९ सालमा स्थापना भएको आरसीटीले खोलेको संग्रहालयमा अहिलेसम्म क्लबले हासिल गरेका उपलब्धिहरू, ट्रफी, जर्सी, बुटलगायत रहेका छन् ।

६ पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन आरसीटीको संग्रहालयमा २०२७ देखि २९ सम्म लगातार तीनपटक लिग जितेर आफ्नो कब्जामा पार्न सफल ‘ए’ डिभिजनको लिग ट्रफी मुख्य आकर्षणकारुपमा रहेको छ ।

त्यस्तै, अन्तिम पटक २०५७ सालमा भएको शुभजन्मोत्सव कपसमेत आरसीटीेको संग्रहालयमा सुरक्षित छ ।

संग्रहालयमा आरसीटीले २०१७ सालमा खेलेको जर्सीसमेत सुरक्षित छ ।

नेपालकै इतिहासमा ‘ए’ डिभिजनमा एकै क्लबको तीनओटा टिम हुने अन्नपूर्ण क्लब आरसीटी नै हो ।

पछिल्लो समय यसलाई रानीपोखरीको छेवैमा रहेकाले रानीपोखरी कर्नर टिम (आरसीटी)का नामले चिनिन्छ ।