८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विश्वकै लामो र गहिरो रेल सुरुङ स्वीट्जरल्यान्डमा (फोटोफिचर)


0
Shares

काठमाडौं, जेठ २२ । स्वीट्जरल्यान्डमा विश्वकै सबैभन्दा लामो र गहिरो रेलवे सुरुङमार्ग सन्चालनमा आएको छ ।

करिब दई दशक लगाएर निर्माण गरिएको ५७ किलोमिटर लामो गोथार्ड टनेल हालै सन्चालनमा आएको हो ।

यो सुरुङको कुनै भाग जमिनको सतहभन्दा २ दशमलव ३ किलोमिटरसम्म गहिरो छ । स्वीस पर्वतको तलबाट जाने यो टनेल उत्तरी र दक्षिणी युरोपलाई जोड्ने सबैभन्दा छोटो स्थलमार्गकोरुपमा लिइएको छ ।

यो टनेल सन्चालनपछि युरोपको यातायातमा नयाँ क्रान्ति हुने स्वीट्जरल्यान्डको विश्वास छ ।

टनेलको भव्य उद्घाटन समारोहमा जर्मन चान्सलर एन्जेला मर्केल, फ्रेन्च राष्ट्रपति फ्रास्वाँ ओलान्द, इटालीका प्रधानमन्त्री माटियो रेन्जीलगायत विश्वका शीर्ष नेताका उपस्थिति थियो ।

यसअघि विश्वकै लामो टनेलकारुपमा परिचित जापानको सेइकान रेल टनेल ५३ दशमलव ९ किलोमिटर लामो थियो ।

फ्रान्स र बेलायतलाई जोड्ने समुद्री टनेल ५० दशमलव ५ किलोमिटर लामो थियो ।

स्वीस टनेल सन्चालनमा आएपछि युरोपमा हाल सन्चालनमा रहेका लाखौं ट्रक विस्थापित हुनेछन् ।

१२ अर्ब डलरको लागतमा निर्माण गरिएको यो टनेलबाट ७३ किमिसका २ करोड ४० लाख टन बढी चट्टान निकालिएको थियो ।

टनेल निर्माणका क्रममा ९ मजदुरको ज्यान गएको थियो । (एजेन्सी)