८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


शौचालय गएकी महिलालाई ‘बलात्कार’


0
Shares

महोत्तरी, गुल्मी, जेठ २२ । महोत्तरीको फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई शनिबार बिहान घरबाट पक्राउ गरेको छ ।

शुक्रबार अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इप्रका गौशालाले जनाएको छ । पीडित महिला चिच्याएपछि आरोपित फरार भएका थिए ।

पक्राउ परेका यादव र बलात्कृत महिला दुवैको स्वास्थ्य परीक्षण गराउन जलेश्वर पठाउने तयारी भइरहेको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

बालिका करणी गर्ने जेल चलान
९ वर्षीया बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको ठहर गर्दै वामी गाविस–७ का गम्बर सिंह छन्त्याललाई जिल्ला अदालत गुल्मीले पाँच वर्षको जेल सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार उक्त सजाय तोकेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार श्याम विरही मौर्यले जानकारी दिएका छन् ।

आरोपित छन्त्यालले २०७२ वैशाख ३० गते बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले छन्याललाई जेठ २४ गते गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएपछि छन्त्याल पुर्पक्षको लागि जिल्ला कारागार गुल्मीमा चलान भएका थिए ।

अदालतले उनलाई पाँच वर्षका लागि जेल सजाय गरेकोे हो । रासस