२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


अम्बरलाई वसुन्धराश्री र दीपलाई मानश्री पुरस्कार प्रदान गरिने


0
Shares

काठमाडौं, जेठ २२ । वरिष्ठ संगीतकार अमर गुरुङलाई वि.स.२०७२ सालको वसुन्धराश्री पुरस्कार प्रदान गरिने भएको छ ।

बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानको शुक्रबार बसेको बैठकले गुरुङलाई वसुन्धराश्री र गायक दीप श्रेष्ठलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका कुलपति डा.दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले ‘उत्कृष्ट, स्तरीय र श्रुतिमधुर नेपाली गीत र संगीतको सिर्जनाद्वारा आधुनिक नेपाली संगीतलाई सार्थक ,समृद्घ र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली भाषा–साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न आफ्नो जिन्दगी अर्पण गरेवापत ५० हजार राशीको उक्त पुरस्कार गुरुङलाई प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै उत्कृष्ट र श्रुतिमधुर गीत र संगीतको सिर्जना र गायनद्वारा आधुनिक नेपाली संगीतलाई अझ सार्थक व्यापक र  लोकप्रिय बनाई नेपाली वाङ्मयको विकासमा महत्वपूर्ण योगदान गरी आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नु हुने गायक श्रेष्ठलाई नगद २५ हजार राशिको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।