७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भूमध्यसागरमा करिब सात सय आप्रवासी बोकेको डुंगा डूब्यो


0
Shares

काठमाडौं, जेठ २२ । भूमध्यसागरमा करीब सात सय आप्रवासी बोकेको एउटा डुंगा डूबेको छ । डुंगामा रहेका मध्ये ३४० जनालाई बचाइए पनि अरु सबै वेपत्ता रहेको ग्रीसका अधिकारीहरुले जानकारी दिएका छन् ।

समुन्द्रबाट नौं वटा शव पनि निकालिएको खबर छ । करिब सात सय मानिस चढेको अनुमान गरिएको उक्त डुंगा ग्रीसको क्रेट द्वीपको दक्षिण ७५ माइल टाढा फेला परेको हो ।

हवाइजहाज, पानी जहाज र हेलिकेप्टरको सहायतामा खोजी र उद्दारको काम भइरहेको छ । यी आप्रवासी अफ्रिकाबाट आएका हुनसक्ने अनुमान गरिएको छ ।

अर्को यस्तै घटनामा लीबियाको समुन्द्र किनाराबाट एक सय जनाको शव बरामद गरिएको समाचार संस्था एपीले जनाएको छ ।

सन् २०१६ मा मात्र यूरोप छिर्ने प्रयास गर्दा २५ सयभन्दा बढी आप्रवासीले ज्यान गुमाउनु परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । (एजेन्सी)