२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्य पुनः गम्भीर


0
Shares

काठमाडौं, जेठ २१ । गत सोमबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य पुनः गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

उनका छोरा राजु गुरुङकाअनुसार गुरुङ विहीबार राति (शुक्रबार बिहान) १ः३० बजे एक्कासि बेहोस भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिइ राखिएको छ ।

उनको उपचारमा संलग्न चिकित्सक डा. राजु पौडेलले राति उनलाई श्वासप्रश्वासमा समस्या र मुटुको धड्कन रोकिएपछि आइसीयुमा राखी उपचार गरिरहेको बताए ।

उनले भने–‘अहिले उहाँको मुटुको चाल राम्रो छ । रक्तचाप बढाउने औषधि दिइरहेका छौं । बीचबीचमा आँखा खोले पनि पूरै होस आएको छैन । अर्धबेहोसको अवस्थामा हुनुहुन्छ ।’

खानेनलीमा समस्या बढेपछि उनलाई धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।

वरिष्ठ संगीतकार गुरुङलाई दुई महिनाअघि नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा खानेनलीमा पलाएको ट्युमरको उपचार गरी नेपाल ल्याइएको थियो ।

गुरुङलाई मधुमेह र र्पािकन्सनको पनि समस्या छ । रासस

फाइल फोटो