७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मथुरामा हिंसाः एसपीसहित मारिनेको संख्या २४ पुग्यो, के–के भयो ? किन भयो ?


0
Shares

काठमाडौं, जेठ २१ । भारतको उत्तरप्रदेशस्थित मथुरामा अतिक्रमित जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयको आक्रमणमा मारिनेको संख्या २४ पुगेको छ ।

घटनामा एक एसपी पनि मारिएका छन् । अतिक्रमित जमिन खाली गराउन पुगेको प्रहरी टोली र स्थानीयबीच झडप भइरहेका बेला एक्कासि गोली चलेको बताइएको छ ।

गोली लागेर एसपी मुकुल द्विवेदी र सन्तोषकुमार यादवसहित २४ जना मारिएका हुन् । घटनामा एक सयभन्दा बढी घाइते भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच, उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवले मृतक प्रहरीलाई सहिद घोषणा गर्दै २० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

स्थानीय प्रशासनले जवाहरबाग क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरेर बसेको बस्तीमा ‘आजाद भारत विविध वैचारिक सत्याग्रही’ नामको संगठनको प्रभाव छ ।

उच्च अदालतको आदेशअनुसार स्थानीय प्रशासन विगत दुई महिनादेखि जमिन खाली गराउने प्रयासमा थियो ।

सोही तयारीअनुसार विहीबार राति ११ बजेतिर प्रहरी र सरकारी अधिकारीहरुको टोली जवाहरबाग पुगेको थियो ।

प्रहरीले अतिक्रमणमा परेको २ सय एकड जग्गा खाली गराएको र ‘सर्च अपेरेसन’ गर्दा हतियारको भन्डारसमेत फेलापरेको दाबी स्थानीय प्रशासनले गरेको छ ।

जमिन कब्जा गरेको सत्याग्रही संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको चुनाव रद्द गर्न, एक रुपैयाँमा पेट्रोल ६० लिटर र डिजेल ४० लिटर बिक्री गर्न अस्वभाविक माग गर्दै आएको छ ।

सो संगठनले आफ्ना माग सम्बोधन गराउन दबाब दिने उद्देश्यले सन् २०१४ जनवरी ११ देखि जवाहरबागमा धर्ना दिइरहेको थियो । (एजेन्सी)