
रवि पन्त (इमेज)
भैरहवा, जेठ २० । भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले भैरहवाबाट विहीबार ९ जना किशोर–किशोरीको उद्धार गरेको छ ।
साथै प्रहरीले उनीहरुलाई भारत लैजान खोज्ने दलाल गोरखा मनकामनाका दिलबहादुर विकलाई पनि पक्राउ गरेको छ ।
उद्धार गरिएका किशोर–किशोरीहरुमा चितवनका ७ जना र गोरखाका दुईजना रहेको प्रहरीले जनाएको छ ।
विकविरुद्ध बालबालिका बेचविखनअन्तर्गत् मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
उद्धार गरिएकाहरुलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्