
काठमाडौं, जेठ १७ । महानगरीय प्रहरी वृत्त सोर्हखुट्टेले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
सोर्हखुट्टेस्थित जोनसाने थकाली रेस्टुराँबाट प्रेम लामा, राम मगर, कृष्ण मानन्धर, शान्ता श्रेष्ठ, पञ्च लामा, एक मगर र पे्रम महतलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
यसैगरी माया गुरुङको घरमा जुवा खेलिरहेका राम राई, अनुज थापा, राजु श्रेष्ठ, रिना लामा र योङ डंगोललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । पक्राउ परेका जुवाडेहरुले लामो समयदेखि जुवा खेलाउने र खेल्ने धन्दा गर्दै आएको दाबी प्रहरीको छ ।
प्रतिक्रिया दिनुहोस्