
न्यूयोर्क, जेठ १६ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालय ‘युएनएचसीआर’ले पछिल्लो एक सातामा विभिन्न मुलुकबाट युरोप प्रवेश गर्न खोज्ने सात सय आप्राबासीको डुंगा दुर्घटनामा मृत्यु भएको आशंका गरेको छ ।
गत बुधबार, बिहीबार र शुक्रबार युरोप प्रवेश गर्ने शरणार्थी सवार डुंगा दुर्घटनामा परेका थिए । बिगत तीन दिनमा सात सय जना शरणार्थीको अवस्था अज्ञात रहेको युएनएचसीआरले जनाएको छ ।
यद्यपी उनीहरुको ब्यापक खोजी भइरहेको पनि युएनएचसीआरले उल्लेख गरेको छ । अत्यधिक भारका कारण डुंगा दुर्घटनामा परेको अनुमान गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्