७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सुतेकै समयमा बृद्धाश्रममा आगलागी, १७ जनाको मृत्यु


0
Shares

युक्रेन, जेठ १६ । युक्रेनको एक बृद्धाश्रममा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ । राजधानी किभमा रहेको दुईतले बृद्धाश्रममा बिहानको समयमा आगलागी हुँदा अधिकांश बृद्धबृद्धा निद्रामै थिए ।

आगलागी लगत्तै पुगेको उद्धार टोलीले १८ जनाको उद्धार गरेको थियो । तीमध्ये पनि कतिपयको आधा शरीर जलेको बताइएको छ ।

३५ जना बृद्धबृद्धा रहेको उक्ता बृद्धाश्रममा के कति कारणले आगलागी भयो भन्नेबारे अनुसन्धान थालिएको छ ।

यसैबीच युक्रेनका प्रधानमन्त्री भ्लादिमीर ग्रोइसम्यानले आगलागीका कारण बृद्धबृद्धाको ज्यान जानु निकै नै निन्दनीय भएको बताएका छन् । (एजेन्सी)