८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अपहरणमा परेका व्यापारी केडिया बिहारबाट सकुशल मुक्त


0
Shares

काठमाडौं, जेठ १६ । बाराबाट अपहरणमा परेका व्यापारी सुरेश केडिया अपहरण मुक्त भएका छन् ।

बिहीबार साँझ अपहरणमा परेका केडिया अर्गनाइजेसनका सदस्य केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहारको मोतीहारीबाट सकुशल अपहरणमुक्त गरेको हो ।

व्यापारिक कामका लागि बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक केडिया फर्कने क्रममा पसाहा पुल नजिकबाट अपहरणमा परेका थिए ।

उनी सवार बा १० च ७२४० नम्बरको गाडि रोकेर अज्ञात समूहले चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरी केडियालाई अपहरण गरेको थियो ।

अपहरणमा संलग्न एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा संलग्न अन्य दुई जना फरार रहेको बताइएको छ ।