
तनहुँ, जेठ १५ । तनहुँको दमौलीमा शनिबारदेखि प्रथम राष्ट्रिय मौलिक कौरा सम्मेलन सुरु भएको छ ।
नेपाल मगर संघद्वारा आयोजित दुईदिने प्रतियोगितात्मक सम्मेलनमा विभिन्न जिल्लाका २४ ओटा कौरा समूहले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने समूहलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्