७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दोस्रो विश्वयुद्धपछि हिरोशिमा पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बने ओबामा


0
Shares

काठमाडौं, जेठ १४ । बाराक ओबामा दोस्रो विश्वयुद्धपछि जापानको हिरोशिमा पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

जापान भ्रमणमा रहेका ओबामाले शुक्रबार हिरोशिमास्थित पिस मेमोरियल पार्कमा पुगेर परमाणु बम आक्रमणमा मृत्यु भएकाहरुप्रति श्रद्धान्जलि व्यक्त गरेका हुन् ।

श्रद्धान्जलिसभालाई सम्बोधन गर्दै ओबामाले सन् १९४५ को ६ अगस्टलाई विश्वले भुल्न नसक्ने दिनकारुपमा व्याख्या गरे ।

साथै, उनले आफ्नो यात्रा जापान र अमेरिकाको सम्बन्धलाई अझ बढी मजबुद् बनाउन लागि ठोस कदम भएको पनि बताए ।

राष्ट्रपति ओबामाले हिरोशिमामा भएको घटनाबाट पाठ सिक्नुपर्ने भन्दै यसले शान्ति र स्थायित्वको बाटोमा अघि बढ्न प्रेरणा दिइरहने पनि उल्लेख गरे ।

जापानको हिरोशिमामा अमेरिकाले गरेको परमाणु बम आक्रमणमा १ लाख ४० हजार र दोस्रो दिन नागासाकीमा गरिएको हमलामा ७४ हजारको ज्यान गएको थियो ।

सो घटनापछि कुनैपनि अमेरिकी राष्ट्रपतिले हिरोशिमाको भ्रमण गरेको यो पहिलोपटक हो ।

ओबामा ‘जी–७’ को सम्मेलनमा भाग लिनेक्रममा जापान पुगेका हुन् । (एजेन्सी)