
टोकियो, जेठ १४ । कोरियन एअरलाइन्सको एक विमानमा उडान भर्ने क्रममा आगो लागेको छ ।
जापानको हानेदा विमानस्थलबाट कोरियाको सियोलका लागि उडान भर्नै लाग्दा विमानको देब्रे इन्जिनमा आगो लागेको हो । तर विमानमा सवार तीन सयभन्दा बढी यात्रु सकुशल छन् ।
अग्नि नियन्त्रक र विमान कर्मचारीहरुले आगो नियन्त्रणमा लिएका थिए । विमानमा आगो लागेका कारण केहीबेर विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्