७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्पको उम्मेदवारी लगभग निश्चित


0
Shares

वासिंटन, जेठ १४ । अमेरिकी रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारीका लागि आवश्यक प्रतिनिधिको समर्थन जुटाएका छन् ।

समाचार संस्था एपीका अनुसार ट्रम्पले आफ्नो पक्षमा १ हजार २ सय ३८ प्रतिनिधि पुर्‍याएका हुन् । यो संख्या नामांकनका लागि आवश्यक संख्याभन्दा एक प्रतिनिधि बढी हो ।

आगामी जुलाईमा हुने रिपब्लिकन पार्टीको सम्मेलनले उनको उम्मेदवारीबारे निर्णय लिने छ । सार्वजनिक पदको कुनै अनुभव नभएका ट्रम्ले अन्य १६ जना दाबेदारलाई पछाडि पार्दै उम्मेदवारीका लागि आवश्यक समर्थन जुटाएका हुन् ।

विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहेको ट्रम्पले आफ्नो पार्टीबाट उम्मेदवारी पाए डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टन या बर्नी सैंडर्समध्ये एक जनासँग राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्नेछन् ।