
भैरहवा, जेठ १२ । भैरहवामा बुधबार एक किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
शरीरमा लुकाएर अवैधरुपमा सुन भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सुराकीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउपर्नेमा भारतको बिहार, मोतियारीका सुजितकुमार र सोही ठाउँ बस्ने हरिओम कहार छन् ।
सिद्धार्थ नगरपालिकाको भैरहवा आँखा अस्पतालचोकबाट प्रहरीले उनीहरुलाई चेकजाँचकोक्रममा सुनसहित पक्राउ गरेको हो । उनीहरु अवैध सुन बोक्ने भरियामात्र भएको प्रहरीले जनाएको छ ।
दुबैजनाले आर्थिक प्रलोभनमा परी पहिलोपटक सुन भरिया बन्दा पक्राउ परेको प्रहरीसमक्ष बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्