७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिरियाको रक्का शहरबाट आइएसलाई हटाउने क्रममा भीषण संघर्ष


0
Shares

काठमाडौं, जेठ १२ । सिरियामा उत्तरी रक्काबाट इस्लामिक अतिवादी समुह आइएसलाई हटाउने क्रममा भीषण संघर्ष भएको छ ।

अमेरिकी सहयोगमा सिरियन कुर्दिस र अरब लडाकुहरुले संयुक्तरुपमा सैन्य अभियान चलाएका हुन् । यस अभियानमा सिरियन डेमोक्रेटिक फोर्सका ३० हजार लडाकु परिचालन गरिएको छ ।

अमेरिकी नेतृत्वको गठबन्धनका युद्धक विमानले रक्षात्मक सहयोग गरेका छन् भने रुसले पनि सहयोग गरेको बताइएको छ ।

आईएस लडाकुले केही स्थानमा मात्रै अवरोध गर्न सकेको सरकारी भनाई छ । सन् २०१४ मा आईएसले पहिलो पटक रक्कालाई कब्जामा लिएको थियो । त्यसपछि यसलाई हेडक्वार्टरको रुपमा विकसित गर्दै त्यहां इस्लामिक कानुन लागु गरेको थियो । (एजेन्सी)