९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


आइपिएलमा आजदेखि प्ले अफ चरणका खेल हुँदै


0
Shares

काठमाडौं, जेठ ११ । इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आजदेखि प्ले अफ चरणका खेल हुदै छन् ।

नेपाली समय अनुसार बेलुकी सवा ८ बजे अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरात लायन्स र दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैङ्लोर भिड्दै छन् ।

सुरेश रैनाको कप्तानीमा रहेको गुजरात र बिराट कोहलीको नेतृत्वमा रहेको बैङ्लोरबीचको खेलको बिजेता टोलीले सोझै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्ने छ भने पराजित हुने टोलीले दोस्रो प्ले अफको बिजेता टोलीसँग फाइनल प्रवेसका लागि प्रतिस्पर्धा गर्ने छ ।

आइपिएलको नव प्रवेसी टोली गुजरातले प्रतियोगिताको सुरुवातदेखिनै राम्रो प्रदर्शन गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने सुरुवातमा लडखडाएको बैङ्लोरले अन्त्यतिर उत्कृष्ट प्रदर्शन गदै प्ले अफमा स्थान बनाएको हो ।

आइपिएल क्रिकेटको जारी संस्करणमा गुजरात र बैङ्लोरसँगै सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सले अन्तिम चारमा स्थान बनाएका छन् ।