७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


षडयन्त्रको टेप सार्वजनिक भएपछि मन्त्री बर्खास्त


0
Shares

काठमाडौं, जेठ ११ । ब्राजिलको नयाँ सरकारका प्रमुख मन्त्री होमेरो जुकाले देशको सबैभन्दा ठूलो भ्रष्टाचार अनुसन्धानलाई अवरुद्ध पार्ने षडयन्त्र गरेको आरोपसहित टेप सार्वजनिक भएपछि पद छोड्नु परेको छ ।

जुकाले निलम्बित राष्ट्रपति जिल्मा रुसेफमाथि महाभियोग लगाइएपछि राज्यसञ्चालित तेल कम्पनी पेट्रोबासमाथिको अनुसन्धान रोकिने टेपमा उल्लेख गरेका छन् ।

जुका अन्तरिम राष्ट्रपति मिसेल टेमरका प्रमुख राजनीतिक सहयोगी हुुन् । टेपमा जुकाले ‘कारवास’ काण्ड भनिने भ्रष्टाचार अनुसन्धानलाई रोक्नेतर्फ आफूले कदम चाल्ने संकेत गरेका छन् ।

अर्बौ डलर भ्रष्टाचार भएको सो काण्डमा उनी र अहिलेको सत्तारुढ दलका कयौं राजनीतिक नेता मुछिएका छन् ।

तर जुकाले आफ्नो भनाइलाई गलत अर्थ लगाइएको र आफूले भ्रष्टाचार अनुसन्धानलाई समर्थन गर्ने बताएका छन् ।

१ सय ८० दिन निलम्बनमा परेकी रुसेफले भने टेप प्रकरणबाट आफुमाथिको महाअभियोग राजनीति प्रेरित रहेको प्रभावित भएको बताएका छन् (एजेन्सी)