८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


१२ वर्षदेखि खोजीको सूचीमा रहेका कार्की एक किलो अफिमसहित समातिए


0
Shares

काठमाडौं, जेठ १० । प्रहरीले १२ वर्षदेखि खोजी गरिरहेको लागूऔषधका मुख्य कारोबारी मकवानपुरका ईन्द्रबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरोले सोमबार पत्रकार सम्मेलन गरी कार्कीसहित धादिङका धनबहादुर तामाङ र राहुल तामाङलाई सार्वजनिक गरेको हो ।

कार्कीलाई काठमाडौंको बल्खुबाट एक किलो अफिमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तामाङद्वयले हङकङ र थाइल्यान्डबाट सुटकेशभित्र फल्सबटम बनाइ चरेस पठाउने गरेको प्रहरीले जनाएको छ ।

ठमेलबाट ६ हजार रुपैयाँमा सुटकेस किनेर सो सुटकेसभित्र सात किलो चरेस राखिसकेपछि १ लाख ११ हजार रुपैयाँमा सुटकेस बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्लभ वन्यजन्तु चितुवाको छालासहित तीनजनालाई पक्राउ गरेको पनि प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाले ललितपुरको कार्यविनायकबाट पक्राउ गरेकाहरुमा काठमाडौं, फाखेलका नक्कलबहादुर बल, दक्षिणकालीकी छिमी तामाङ र सुनसरीका सुन्दर राई रहेका छन् ।