
काठमाडौं, जेठ १० । सिरियामा सरकारको नियन्त्रणमा रहेको तारकोस र जाब्लेह सहरमा सोमबार गराइएको शृंखलाबद्ध विस्फोटमा परी कम्तिमा ७८ जनाको मृत्यु भएको छ । विस्फोटका कारण अरु धेरैजना घाइते भएका छन् ।
तारकोसमा कम्तिमा ३३ जनाको मृत्यु भएको छ ४७ भन्दा बढी घाइते भएका छन् ।
यस्तै, जाब्लेह सहरमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । मारिनेमा धेरैजसो महिला र बालबालिका छन् । विस्फोटमध्ये केही आत्मघातीसमेत भएको बताइएको छ ।
सिरियाली सरकारी सन्चारमाध्यमले भीडभाडयुक्त बस स्टेसन र अस्पताललाईसमेत आक्रमणको निशाना बनाइएको जनाएको छ ।
उत्तरी जब्लेहके बस स्टेसनमा रकेट आक्रमणसमेत भएको छ ।
सिरियामा विस्फोटका घटना नौलो नभएपनि यस किसिमको विस्फोट भने कमै हुने गरेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
इस्लामिक अतिवादी समूह ‘आइएस’ले जिहादी समूहले आक्रमण गरेको दाबी गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्