८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विवाहस्थलमै झगडा, युवकको ज्यान गयो, ८ जना पक्राउ


0
Shares

भोजपुर, जेठ १० । विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ ।

खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो ।

गत जेठ ६ गते बिहीबार राति करिब १ बजेतिर विवाहस्थलमै झगडा हुँदा राई गम्भीर घाइते भएका थिए ।

उनलाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा शुक्रबार बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा खैराङका आठजना पक्राउ परेका छन् ।

पक्राउ परेका आरोपीलाई आइतबार सदरमुकाम ल्याइ हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हत्याका आरोपीहरुलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । रासस