१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


हैदरावादलाई पराजित गर्दै कोलकाता ‘प्ले अफ’मा


0
Shares

कोलकता, जेठ ९ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्दै ‘प्ले–अफ’ मा स्थान सुरक्षित गरेको छ ।

हैदरावाद यसअघि नै प्ले–अफमा पुगिसकेको थियो ।

पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । कोलकाताका लागि युसुफ पठानले सर्वाधिक ५२ रन बनाए । त्यसैगरी मनिष पाण्डेले ४८, रोविन उथप्पाले २५ र गौतम गम्भीरले १६ रन बनाए ।

१७२ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १४९ रनमात्र बनाउन सक्यो । हैदरावादका लागि शिखर धवनले ५१ रन बनाए भने अन्य ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् ।