८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


0
Shares

पोखरा, जेठ ९ । अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा चितवन पार्वतीपुर बस्ने तनहुँ मनपाङ गाविस–२ शेराटारका २७ वर्षीय राज भन्ने चित्रकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले आकाश घलेको नामको फेसबुक तथा भाइवरबाट केटी साथीहरु बनाई आफु एनआरएन अध्यक्ष शेष घलेको छोरा आकाश घले भएको र हाल अमेरिकामा बस्दै आएको भन्दै अमेरिका आउने हो भने नेपालमा मेरो साथी छ उसलई भेटनुस् भनेर सम्पर्क नम्बर लिने र आफैँ आकाश घलेको साथी बनि भेट्दै केटीहरुलाई अमेरिका पठाइदिने आश्वासन दिँदै ठगी गर्ने गरेको खुल्न आएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा श्रेष्ठ बिगत १० बर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा रही गत बैशाख २५ गते नेपाल फर्किएको र निजले फेसबुक तथा भाइवरबाट केटी साथीहरु बनाई बिभिन्न बहानामा ठगी गर्ने गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।