६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सावित्रालाई कुटपिट गरी डेढ लाख लुट्ने समातिए


0
Shares

तनहुँ, जेठ ७ । तनहुँको शुक्लागन्डकी नगरपालिका–१२ स्थित पानीखोल्साको जंगलमा विहीबार एक महिलालाई लुट्ने यामबहादुर परियारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

दुलेगौडा बजारमा रहेको सिर्जना बैंक लघुवित्तमा कार्यरत् २६ वर्षीया सावित्रा श्रेष्ठलाई कुटपिट गरी परियारले १ लाख ५० हजार लुटेका थिए ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक राजु केसीको नेतृत्वमा खटिएको टोलीले परियारलाई प्रक्राउ गरेको हो ।

लुटेराको साथबाट १ लाख १२ हजार ९ सय २० रुपैयाँसमेत बरामद गरिएको प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए ।